Press release

मधेश प्रदेशलाई समुन्नत प्रदेशको रुपमा विकास गर्न उद्योग परिसंघको आग्रह

February 12, 2023 Confederation Leave a comment

ढल्केवर, धनुषा

नेपाल उद्योग परिसंघ मधेश प्रदेशले मधेश प्रदेशका नवनियुक्त गृह तथा सञ्चारमन्त्री तथा धनुषाका प्रमुख जिल्ला अधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकमना दिएका छन् ।

परिसंघका अध्यक्ष नरेश दाससहितका पदाधिकारीले गृह तथा सञ्चारमन्त्री सत्रुधनप्रसाद सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई उनीहरुको कार्यकक्षमै पुगेर बधाई तथा शुभकमना दिएका हुन् ।

भेटघाटको क्रममा परिसंघका पदाधिकारीहरुले गृह तथा सञ्चारमन्त्री सिंहलाई मधेश प्रदेशलाई समुन्नत प्रदेशको रुपमा विकास गर्न आग्रह गरेका छन् । उनीहरुले प्रदेशको विकासमा परिसंघको पूर्ण सहयोग रहनेसमेत विश्वास व्यक्त गरेका छन् ।

उनीहरुले मधेश प्रदेशमा उद्योग कलकारखानाहरुको थप स्थापना गर्दै यस प्रदेशका आर्थिक विकास, रोजगारी सिर्जना, लगानीमैत्री वातावरण तथा शान्ति सुरक्षामा थप सुधार हुने विश्वास निजी क्षेत्रले लिएको जानकारी गराएका थिए ।

नेपाल उद्योग परिसंघ उत्पादन तथा सेवामुलक उद्योगहरुको छाता संगठनको रुपमा मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रवद्र्धन, रोजगारी सिर्जनालगायतका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । परिसंघका गतिविधिहरु नेपाल सरकारले लिएका आर्थिक विकासका नीति कार्यान्वयनमा सहजीकरण गर्दै समग्र आर्थिक विकासमा केन्द्रित रहँदै आएको छ ।

https://gatilokhabar.com/2023/02/12/6598/